मेलम्ची खोलाले ३ तले घर बगायाे।

काठमाडौं:= सिन्धुपाल्पाेककाे इन्द्रावती नदीमा आएको बाढी कारण मेलम्ची बजारमा बगाएकाे छ। निरन्तरआएको वर्षाका कारणा मेलम्ची खाेलाले मेलम्ची ११ का गोपाल दुलालको ३ तले घर आज बिहान बगाएकाे हाे ।

इन्द्रावती नदी र मेलम्चीमा आएको बाढीले जाेगिएकाे उक्त घर आज ढलेल खाेलामा मिसिएकाे हाे । घरपरिवार अन्यत्र स्थानान्तर भएकाले कुनै मानविय क्षति भने भएकाे छैन ।

मेलम्ची नगरपालिकाबाट नक्सा पास गरेर मापदण्ड पुरा गरेर घर निर्माण गरिएकाे थियाे । लगातार वर्षा कारणा बाढी र पहिराेले मेलम्ची बजार डुबानमा परेकाे छ भने धेरै घरपरिवार विस्थापित भएका छन् ।