- गैरआवासीय नेपाली संघ मलेसिया का महासचिव हेमराज साप्कोटा संघ को आगामी अधिबेशनमा पनि महासचिव मा रहने इच्छा जाहेर गरेका छ्न ।
साप्कोटाले हामी सङ को कुराकानी का क्रममा कुन पदको दाबेदार को बन्ने भन्दा पनि श्रमिक का मुद्धा हरु लाई कसरी सम्बोधन गर्ने भन्ने कुराको कार्ययोजना प्रस्तुत गर्नुपर्छ । नाम लाई मात्र भन्दा पनि काम लाई प्राथमिकता दिने ब्याक्तिको खाचो संघ मा रहेको बताउदै तेस्ता स्मार्ट कार्ययोजना सहित आउने ब्यक्ति लाई सबैको समर्थन हुनुपर्ने तब मात्रै संघ ले नयाँ उचाइ लिदै जाने बताएका छन।
संघ लाइ सुदृढीकरण र थप उर्जासिल बनाउने भिजन सहित कोहि सहमतिमा आए आफु पदभोगी नरहेको संघ को नेतृत्व नै दाबी गर्नुपर्छ भन्ने मान्यता नरहेको बताउदै काम गरेर संघ लाई चिनाउने सक्ने नेतृत्व कसैले पनि दाबी गर्छ भने आफ्नो नैतिक समर्थन समेत रहने बताए ।



















