फिल्म ‘सत्यनारायणकी कथा’मा कार्तिक र श्रद्धाको जोडी पक्का।

एजेन्सी := साजिद नाडियावालाले बनाउन लागेको फिल्म ‘सत्यनारायणकी कथा’मा अभिनेत्री श्रद्धा कपूर अनुबन्धित भएकी छिन्। केहि दिनअघि मात्रै फिल्म निर्माण टिमले अभिनेता कार्तिक आर्यनलाई मुख्य भुमिकाको लागि फाइनल गरेको थियो।

निर्माता साजिदले फिल्मका लागि श्रद्धा कपूर फाइनल गरेको बलिउड हंगामासँग बताएका छन्। फिल्म ‘सत्यनारायणकी कथा’मार्फत उनीहरु पहिलोपटक पर्दामा एकसाथ देखिन लागेका हुन्।

श्रद्धा साजिदको प्रोडक्सनको नियमित हिरोइन हुन्। उनले यो प्रोडक्सनको निर्माण गरेको फिल्म ‘बागी’मा काम गर्दै आएकी छिन्।

यस फिल्ममा राष्ट्रिय फिल्म अवार्ड जितिसकेका निर्देशक समिर विद्यवानको निर्देशन रहनेछ। यो फिल्म म्यूजिकल लभ स्टोरीको कथामाथि बन्ने भएको छ।

यसअघि दुवैलाई निर्माता दिनेश विजनले ‘किरक पार्टी’का लागि अनुबन्धित गर्न खोजिएको थियो। तर, केही कारण कुरा मिल्न सकेको थिएन।

शाहिद कपूर र श्रद्धा कपूर अभिनित ‘बत्ति गुल मिटर चालु’मा पनि कार्तिकलाई सहायक पात्रको लागि अफर गरिएको थियो। तर, कार्तिकले उक्त अफर नकारेका थिए।