थारु आयोगमा थप दुई सदस्य नियुक्त भएपछि आयोगले पायो पूर्णता।

काठमाडौं := थारु आयोगमा थप दुई जना सदस्य नियुक्त भएपछि आयोगले पूर्णता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा विहिबार आयोगमा सदस्य नियुक्त गर्नुभएको हो।

नियुक्त हुनुभएका आयोगका सदस्यमा डा. उमाशंकरप्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी थारु (मोरङ) रहनुभएको छ । यसअघि भोलाराम चौधरी (सुनसरी) र सुबोधसिंह थारु (बाँके) नियुक्त हुनुभएको थियो । आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी (वर्दिया) २०७५ चैत ७ गते नियुक्त हुनुभएको थियो । आयोगका पदाधिकारीहरुको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ।

संविधानको धारा २६३ मा थारु आयोग रहने व्यवस्था छ । जसमा आयोगका एकजना अध्यक्षसहित चारजना सदस्य रहने व्यवस्था गरेको छ । आयोगले थारु समुदायको हकअधिकार, भाषा, संस्कृतिको संरक्षण तथा जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ । थारु समुदायको हक अधिकार सम्बोधन गराउन सरकारलाई सिफारिस गर्ने व्यवस्था आयोगको ऐनमा गरिएको छ।

तस्बिरमा थारु आयोगमा नव नियुक्त सदस्य उमाशँकर प्रसाद चौधरी