बहराइन := बहराइनको एक् अस्पतालमा विगत एक वर्षदेखि उपचाररत एकजना नेपाली श्रमिकलाई दूतावासद्वारा स्वदेश फर्काइएको छ।
अस्पतालको उपचार खर्च तिर्न नसकेपछि एकवर्षदेखि अस्पतालमा रहेका नेपालीलाई बिहिवार भएको हिमालयन एयरलाइन्स को चार्टर्ड उडान मार्फत स्वदेश फर्काइएको बहराइनस्थित नेपाली राजदूतावासले एक बिज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको हो। तर दूतावासले कोमामा रहेका व्यक्तिको परिचय भने उक्त बिज्ञप्तिमा खुलाएको छैन।
कोमामा रहेका नेपालीलाई बिहीबार हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल फर्काइएको हो। दूतावासका अनुसार बहराइनस्थित किंग हमद युनिभर्सिटी अस्पतालले २८ हजार ९७४ बहराइनी दिनार (करिब ९४ लाख नेपाली रुपैयाँ) बराबरको उपचार खर्च मिनाह गरेपछि ती कोमामा रहेका व्यक्ति नेपाल फर्काइएका हुन।





















