रुपाजस्तै मान्छेले जातको नाममा कहिलेसम्म दु:ख पाइरहने।

केहिदिन पहिले काठमाडौँमा डेरा गरेर बस्ने भनेर रुपा सुनारले साथीमार्फत कोठा खोजिदिन आग्रह गरेको देखिन्छ । कोठा उहाँको साथीले सरस्वती प्रधानको घरमा मासिक १२ हजार तिर्ने गरि कुरा गरेको प्रस्ट भएको छ । कोठा हेर्न गएकी रुपा सुनार र घरधनी प्रधान बीच कोठा लिनेदिने लगभग सहमति भएको देखिन्छ तर अन्तिममा रुपा सुनारले आफु कामीको छोरी भएको भन्दै कोठा दिनुहुन्छ र भन्दै घरधनी प्रधानलाई प्रश्न गर्नुभएको छ । घरधनी प्रधानले कोठा दिने बिषयमा खबर गर्ने साथीलाई जानकारी गराउछु भन्दै बिदाबारी भएको देखिन्छ। अर्को दिन रुपाको साथीलाई फोन गरेर कोठा दिन नसकिने जानकारी गराइन्छ ।

रुपा सुनार

यसरी सुरु भएको घटना सुन्दा नाटक सुने हेरे जस्तै लाग्छ तर घटना यथार्थ घटेको हो । त्यो घटना यतिमै सिमित रहेन पिडित भनिएकी रुपाले अर्को दिन सामाजिक संजालमा आफु दलित भएकै कारणले कोठा नपाएको भन्दै लाइभ भिडियोमा आफ्नो दुखको कुरा सुनाउनुभएको छ । त्यो भिडियोबाट हौसला प्राप्त गर्दै उहाँले प्रहरीमा जातिय विभेद भएको भन्दै प्रहरीमा उजुरी गर्नुभएको थियो र प्रहरीले उजुरीकै आधारमा सरस्वति प्रधानलाई उनकै निवासबाट पक्राउ गरि ३ दिनको अनुसन्धान पश्चात प्रमाण नपुगेको भन्दै रिहा हुनुभएको छ । बिडम्बना के छ भने उहाँलाई लिन बहालवाला मन्त्री सरकारी सवारी सहित पुगेको घटनाले राज्य नै विभेदको संरक्षक भएको देखिन्छ ।

घर धनी सरस्वति प्रधान

यो त एउटा प्रतिनिधि घटना मात्रै हो यस्ता घटना थुप्रै घट्ने गरेको देखिन्छ । संबिधानमै जातिय विभेद गर्न नपाइने भन्दै उल्लेख गरेको छ तर कार्यान्बय भने हुनसकेको छैन । यसरी एउटा मानिसले अर्को मानिसलाई जात, धर्म, भाषा, संस्कार, लिंग, क्षेत्रको नाउँमा गरिने विभेदबाट मुक्त कहिले हुने ?

रुपा सुनार र सरस्वति प्रधान कहिलेसम्म संगै बसेर खाना खाने सरकारले भनिदिनुपर्यो । आमनागरिक सरकारको जवाफ सुन्न चाहन्छ ।

(लेखक: ओम महतो, समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिको कोषाध्यक्ष हुन् )