क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएन) मलेसियामा यतिबेला चुनावी सरगर्मी तातिएको अवस्था छ।
एनआरएनए मलेसियाको सन् २०२१ देखि सन् २०२३ सम्मको कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने एनआरएनए हरुको सङ्ख्या पनि थपिदै गैईरहेको छ।
आगामी कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवारको लाइनमा एनआरएन मलेसियाको बर्तमान उपाध्यक्ष सुन्दर आले मगरले पनि उम्मेदवारी दिने बताउनु भएको छ।
सुन्दर आले मलेसियामा कार्यरत नेपाली श्रमिकहरु माझ एकदमै लोकप्रिय ब्यक्ति हुन। बिगत १५ बर्षदेखि मलेसियामा बसोबास गरि श्रमिक हुँदै आफ्नै ब्यापार , ब्यावसाय गर्दै आएका सुन्दर आले मलेसियामा नेपाल मगर संघका संस्थापक अध्यक्ष , नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको संस्थापक अध्यक्ष हुँदै एनआरएनए मलेसियामा केन्द्रिय सदस्य पछि कार्यवाहक महासचिव त्यसपछि दुई कार्यकाल महासचिवको जिम्मेवारी निभाउदै अहिलेको बर्तमान उपाध्यक्ष पदमा हुनुहुन्छ।
सुन्दर आलेले मलाया खबर संगको कुराकानीको क्रममा दाबी गर्दै भन्नुभयो , सन् २०१९ मा भएको एनआरएनए मलेसियाको चुनावमा बर्तमानका अध्यक्ष हरि भट्टराई सहितको कार्यसमितीले गरेको भद्र सहमति अनुसार सन् २०२१ देखिको २०२३ सम्मको कार्यकाल स्वत तपाईंले पाउनुहुनेछ भनेर सहमति भएको र आफू संग त्यतिबेलाको सहमतिपत्र समेत साथमै रहेको उपाध्यक्ष आलेले दाबी गर्नुभयो।
उपाध्यक्ष आलेको भनाइ अनुसार आफुले एनआरएनएमा अध्यक्ष पदको लागि आधिकारिक उम्मेदवारी घोषणा गर्न बाकी रहेतापनी सकभर सहमतिमै जानुपर्ने भनाई उपाध्यक्ष आलेको छ। किनभने अहिले विश्वब्यापी कोरोना माहामारी फैलिएको छ, धेरै भिडभाड गर्नुभन्दा सहमतिमै जानू पर्ने आफ्नो मनसाय रहेको र आफू लामो समयदेखि एनआरएनए भित्र र श्रमिक माझ रहेर काम गर्दै आईरहेकोले आगामी कार्यकालको लागि अध्यक्ष आफू नै हुने दाबी गर्नुभयो।
आफूले एनआरएनए मलेसियालाई श्रमिकमैत्री बनाउने र यहाँ मलेसियामा रहेका संघसंस्था संग सहकार्य गरेर अगाडि बढ्ने र श्रमिकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै मेरो उम्मेदवारी एनआरएनए भित्र पैसा र राजनीतिक पावरको आडमा पद खरिद बिक्री गर्नेहरुको लागि ठूलो झाप्पड साबित हुने आलेले बताउनुभयो।




















