दलाल पुँजीवादी र म्यानपावर ब्यावसायी निरुत्साहित गर्न अध्यक्ष पदमा मेरो उम्मेद्बारी: सुनिल चालीसे।

क्वालालम्पुर (मलेसिया): गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष पदको लागि दाबेदारीमा सुनिल चालिसे पनि उत्रिने भएको छ।

सुनिल चालिसे ले मलेसियामा हाबी राजनैतिक परिपाटी को अनत्य गर्दै श्रमिकमारा दलाल पुजीवादी नेतृत्वको बिकल्प मा आफ्नो उम्मेद्बारी दावी रहेको बताउनु भएको हो।

छोटो कुराकानीको सन्दर्भमा चालिसेले भन्नुभयो , गैरआवासीय नेपाली संघ मलेसियाको नाम मलेसियामा श्रमिक किन बेच गर्ने दलाल र म्यानपावर व्यावसायी हरुले बदनाम गराएको संघ श्रमिक मैत्री नभएको बताउदै आफुले आगामी नेतृत्व लिन चाहेको बताए।

संघ लाइ सुदृढीकरण र थप श्रमिकमैत्री बनाउने काम कुनैपनी नेतृत्व ले नगरेको भन्दै संघ आगामी अधिबेशनमा आफ्नो पनि दाबेदारिता रहेको बताए। चालिसे यो भन्दा पहिले पनि २ कार्यकाल महासचिव भएर काम गरिसकेका उम्मेद्बार हुन।