सामाजिक संजालमा ‘भाइरल’ कन्याम।

इलाम:= यतिबेला देश कोरोना कहर साथै बाडी र पहिरोको प्रकोप संग जुधिरहेको छ । तर उता नेपालका २० उत्कृष्ट घुम्नैपर्ने पर्यटकीय गन्तब्यमा समेटिएको पुर्बि नेपालको इलाममा पर्ने कन्याम भने सामाजिक संजालमा चर्चा बटुलीरहेको छ । नागबेली र मिलेका डाँडामा फैलिएको चियाबारी बीचमा रहेको मेची राजमार्ग यो बन्दाबदिमा थप स्तरोन्नती भएपछि कन्यामले स्वरुप बदलेसगै भाइरल बनेको हो।

तराइको गर्मी छेल्न कन्यामा पुग्ने जोकोहीको मन बादलुको घुम्टो ओड्दै चिसोमा आन्नद लिन मात्र नभएर कुहीरो संग लुकामारी गर्दै सेल्फी खिच्नेको तछाडमछमड नै हुने गर्दथ्यो । अहिले फेरी  सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामको लगानीमा सडक फराकिलो बनाइ चिरिच्याट्ट बनाएपछि कन्यामको सुन्दरता थप चम्किएको छ ।

कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको समयमा कन्यामले मुहार मात्र बदलेको छैन पर्यटकको मन भुलाउने प्रमुख गन्तब्य बनेको छ । यतिबेला कन्याम चम्किएपछि फोटो, भिडियो खिच्ने र टिकटक बनाउनेको लहर नै चलेको छ । निषेधाज्ञा भएका कारण बाहिर बाट मानिस नआएपनि कन्याम आस्पासका मानिहरुका कारण फेरिएको कन्याम घुम्नेहरुको संख्या बढेको स्थानिय सुस्मिता खड्काले जानकारी दिनुभयो ।

सडकको स्तरोन्नति र रंगरोगन गरिएपछि कन्यामको सुन्दरतामा थप रौनक आएको हो । त्यहाँ अहिले पर्यटकहरुका लागि पथमार्ग, घोडचढीका लागि घोडचढी मार्ग, ठेला पसल र चिया नास्ताको लागि व्यवस्थित पूर्वाधारको निर्माण गरिएको छ । कन्यामलाई मनपराएर हजारौं व्यक्तिले सामाजिक संजालहरुमा भाइरल बनाइ विश्वभर चिनाइरहेका छन् तर अर्को तर्फ निर्माण सकिएलगत्तै सडक भत्किएको र खाल्डाहरु देखिएकाले कहिले सम्म टिक्ला त भन्ने प्रश्न चिन्ह पनि खडा भएको छ ।

यता नगरप्रमुख रण बहादुर राईले पर्यटकीय स्थल कन्याम बन्ने क्रममा रहेकोले अहिले कन्यामको सौन्दर्यकरणको काम अन्त्य नभएकाले निरन्तर पर्यटकीय विकास हुदै जाने बताउनुभएको छ । कन्यामलाई चिनाउन सुन्दरतासँगै चिया, अलैँची, अकबरे खुर्सानी, अदुवालाई बिम्ब थपेर गीतको माध्यबाट समेत सुन्दर बनाइएकोे छ । धेरैले इलामकोे प्राकृतिक बनोट र हरियालीको बखानमा लय हालेर गीत बनाएका छन भने कतिले इलामलाई प्रेमसँग जोडेर गीत गाएका छन ।