बारा:= प्रदेश नम्बर २ बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा अगलागी हुँदा २ जना मानिसको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको विहार राज्यको पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
अन्य चार जना घाइते भएका छन् । कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको बताईएको छ ।विद्युत् सर्ट हुँदा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट हुँदा भिषण आगलागि भएको हो ।




















