नेपाल देशभर थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु।

काठमाडौं:= पछिल्लो २४ घण्टा देशभर थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा  कोरोनाका कारण ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ।