बहराइन := बहराइनमा रहेको नेपाली दूतावासले गैर कानुनी (अवैधानिक) हैसियतमा काम गरिरहनुभएका सबै नेपाली श्रमिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
दूतावाससँगको समन्वयमा बहराइनका विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन हुने भन्दै दूतावासले खोप लगाउन अनलाइन दर्ता गर्न अनुरोध गरेको हो।
बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक दर्ता गराउन असमर्थ गैर कानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक, नागरिकहरुलाई खोप लगाउन दूतावासले अनुरोध गरेको हो ।
बहराइन सरकारले बहराइनी नागरिक सरह विदेशी नागरिकलाई पनि खोप उपलब्ध गराइरहेको छ । खोप लगाउनका लागि तलको लिङ्कमा क्लिक गरेर https:bh.nepalembassy.gov.np/covid-19-vaccine/ मा दर्ता गर्न सकिन्छ ।





















