एजेन्सी := कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह ‘बी’को खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ। एरेना प्यानट्यानलमा सम्पन्न खेलमा चिलीले बोलिभियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
बेन ब्रेरेटनको गोलमा खेलको १० औं मिनेटमा अग्रता बनाएको चिलीले बोलिभियामाथि खेल अवधिभर दवाब बनाएको थियो। केही राम्रा अवसर बनाए पनि बोलिभियाका गोलकिपरले त्यसलाई बिफल बनाइदिएका थिए।

त्यस्तै कोपा अमेरिका फुटबलमा समूह ‘बी’ का अर्जेन्टिना र उरुग्वे आज खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ ।
समूह ‘बी’ मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ ।




















