एजेन्सी := यूईएफए युरो कप अन्तर्गत हिजो शुक्रबार सम्पन्न दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक बराबरीमा रोकिएका छन्।
ग्लासगोस्थित ह्याम्प्डेन पार्क स्टेडियममा सम्पन्न समूह ‘डी’को खेलमा क्रोएसिया र चेक रिपब्लिक १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरेर बराबरी बनाए । बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले दुई खेलमा एक अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । दुई खेलमा चार अङ्क जोडेको चेक रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ ।




















