क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सान।

एजेन्सी := क्रिस्टियानो रोनाल्डोले कीर्तिमान कायम गरेको खेलमा पोर्चुगलले युरोकपमा सानदार जित हात पारेको छ । समूह एफको आफ्नो पहिलो खेलमा पोर्चुगल हंगेरीमाथि ३–० गोलअन्तरको जित हात पारेको छ । पहिलो हाफमा कुनै गोल नभए पनि अन्तिम १० मिनेटमा पोर्चुगलले तीन गोल गरेको थियो । उसका लागि रोनाल्डोले दुई तथा राफाएल गुरेरोले एक गोल गर्नुभएको थियो । खेलको ८४औं मिनेटमा पोर्चुगलले राफाएल गुरेरोले गोलबाट अग्रता लियो ।

अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको अवसर पायो । विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्नुभयो । इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले तेस्रो गोल गर्नुभयो । यस जितसँगै समूह एफमा पोर्चुगलले महŒवपूर्ण तीन अंक जोडेको छ ।

खेलमा दुई गोल गरेपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा तीन कीर्तिमान कायम गर्नुभएको छ । उहाँले युरो कपमा सर्वाधिक गोलकर्ता, पाँच संस्करण खेल्ने एक्लो खेलाडी र युरो कपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान कायम गर्नुभएको हो ।

हंगेरीविरुद्ध मैदानमा उत्रँदै लगातार पाँचांै सिजन युरोकप खेल्ने कीर्तिमान बनाएका रोनाल्डोले मिचेल प्लाटिनीको ९ गोलको कीर्तिमानलाई भंग गर्दा युरोकपमा सर्वाधिक गोल (११) गर्ने कीतिमान आफ्नो नाममा लेखाउनुभयो । रोनाल्डोले २००४ को संस्करणमा २, २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गर्नुभएको थियो । जारी सिजनको पहिलो खेलमै दुई गोल गर्नुभएको छ ।

युरोकपमा उहाँले धेरै खेल (२२) खेल्ने, धेरै (१२) जित निकाल्ने कीर्तिमान पनि कायम राख्नुभएको छ । दुई गोलसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या पनि १०६ पुगेको छ । उहाँ सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइभन्दा तीन गोलले मात्रै पछि हुनुहुन्छ । अली दाइले १०९ गोल गरेका छन् ।

यस जितसँगै फ्रान्स तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा छ। पोर्चुगलको समान तीन अंक भए पनि गोलअन्तरमा पोर्चुगलअघि छ । अंकविहीन जर्मनी र हंगेरी क्रमशः पुछारको दुई स्थानमा छन् ।