कुवेत := नेपाल ठेगाना भण्डारा -५ चितवन जिल्ला घर भई करिब ३ बर्ष देखी कुवेतको नवाफ मुतेरी कम्पनीमा आबद्ध रहि काम गर्दै आउनुभएका नेपाली श्रमिक विनोद बुर्लाकोटिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
३७ बर्षिय विनोदको कलेजोमा समस्या आए पछी कुवेतको आदान अस्पातलमा भर्नारत रहि उपचार गराइरहेका विनोद बुर्लाकोटिको जुन-१३,२०२१ आईतवारको दिन मृत्यु भएको हो।
कुवेत स्थित नेपाली राजदूतावासका अनुसार राहदानी,पासपोर्ट नम्बर ०८२७८०३५ का विनोद बुर्लाकोटीको उपचारकै क्रममा आदन अस्पातलमा मृत्यु भएको हो । रोजगारदाता कम्पनी र मृतकको परिवारसंग समन्वय गरी आवश्यक कानुनी प्रकृयामा दूतावास लागिसकेको जनाएको छ।




















