सिन्धुपाल्चोक:= मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बुको नाकोते हुँदै आएको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा वितण्डा मच्चाएको छ ।
अविरल बर्षापछि आएको बाढीले हेलम्बु गाँउपालिकाको बगर क्षेत्रमा रहेकोे ट्राउट फर्म, रिसोर्टहरूमा बाढीले क्षति पुर्याएको छ । बाढीका कारण जिल्लाभर १० जना भन्दा धेरै बेपत्ता भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेलम्बुदेखि मेलम्ची सम्मका खोला आसपासमा रहेका बस्तीहरूमा स्थानीयहरू सुरक्षित स्थानको खोजीमा माथिल्लो भागमा गएर बसिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ ।
मेलम्चीका सडकहरू बगाएको छ भने मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ ।





















