एजेन्सी := यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन्। स्पेनको सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।
सेभियामा भएको समूह ‘ई’ अन्तर्गतको खेलमा स्पेनका अल्भारो मोराटाले सुरुमा पाएको अवसर खेर फालेका थिए। यस्तै डानी ओल्मोको हेडरलाई पनि स्विडेनका गोलकिपर रोबिन ओल्सेनले विफल पारेका थिए। कोकेको प्रहारले पनि गोल पोस्टको दिशा लिन सकेन। जसका कारण स्पेन अभागी ठहरियो।

त्यसअघि सम्पन्न खेलमा स्लोभाकियाले बलियो मानिएको पोल्याण्डलाई हराएको थियो। क्रिस्टोभ्स्की रंगशालामा सम्पन्न खेलमा दश खेलाडीमा सीमित पोल्याण्डमाथि स्लोभाकियाले २-१ गोलअन्तरको जित निकालेको थियो।
खेलको १८ औं मिनेटमा गोलकिपर वोज्सिएचले आत्मघाती गोलगरेपछि स्लोभाकियाले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको पोल्याण्डलाई कारोल लिनेटेले गोल गर्दै खेल बराबरीमा ल्याए।
तर ६२ औं मिनेटमा गर्जजेगोर्ज क्रिछोविएक ६२ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिनु पोल्याण्डका लागि भारी पर्यो। र, स्लोभाकियाका लागि मिलन स्किनिअरले ६९ औं मिनेटमा गोल फर्काउँदे खेलको निर्णयाक गोल गरे। र, खेल अवधिभर राम्रो पकड बनाएको पोल्याण्ड पटकपटक आक्रमण गरेर पनि पराजित हुन पुग्यो।
यो सँगै समूह ई मा स्लोभाकिए ३ अंक जोडेर शीर्ष स्थानमा उक्लियो भने स्पेन र स्वीडेनले १/१ अंक जोडे। त्यस्तै पहिलो खेलमा पराजय ब्यहोरेको पोल्याण्डको युरोकपको सुरुवात सुखद रहन सकेन।




















