एजेन्सी :=यूईएफए युरो कप अन्तर्गत हिजो ह्याम्सडेन पार्क स्टेडियममा सम्पन्न पहिलो खेलमा स्कटल्याण्डमाथि चेक रिपब्लिकले २-० गोल अन्तरको सहज जित निकालेको छ।
समूह ‘डी’ को खेलमा जित निकाल्ने क्रममा चेकले घरेलु टिम स्कटल्यान्डलाई २-० गोलले पराजित गरेको हो। चेक रिपब्लिकको जितमा दुबै गोल प्याट्रिक सिकले गरे। ४२ औं मिनेटमा अग्रता दिलाएका उनले दोस्रो गोल ५२ औं मिनेटमा गरेका थिए।
त्यस्तै आजै हुने हुने दोस्रो खेलमा समूह ‘ई’ का पोल्याण्ड र स्लोभाकिया भिड्नेछन्। खेल बेलुकी पौने १० बजे क्रिस्टोभ्स्की स्टेडियममा हुनेछ। त्यस्तै भरे राति नै हुने अर्को खेलमा घरेलु टोली स्पेनले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ। स्टेडियो डे ला कार्टुजामा बेलुकी पौने १ बजे खेल सुरु हुनेछन।
समूह डी मा चेक रिपब्लिक, स्कटल्याण्ड, क्रोएसिया र इङ्ग्लयाण्ड छन्। त्यस्तै समूह ई मा पोल्याण्ड, स्लोभाकिया, स्पेन र स्वीडेन रहेका छन्।




















