इन्डोनेसियामा फेब्रुअरीपछि पहिलो पटक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च।

एजेन्सी (जकार्ता):=इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या नौ हजार ८६८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार इन्डोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यहाँ मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार थपिएको १४९ सहित ५२ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ६५५ रहेको बताइएको छ । यो सङ्ख्या थप सङ्क्रमितको सङ्ख्याभन्दा झण्डै ५० प्रतिशतले कम हो ।