इजरायली प्रधानमन्त्री नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिए,नयाँ प्रधानमन्त्री बने बेनेट।

एजेन्सी := इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो ।

संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए । तीव्र प्रतिस्पर्धाका कारण उनले अन्तिमसम्म पनि हार स्वीकार गरेका थिएनन् । अब उनी इजरायली संसदमा प्रतिपक्षी नेता एवं दक्षिणपन्थी लिकुड पार्टीको प्रमुखको रुपमा भने रहिरहने छन्।

उल्लेखनीय कुरा यो छ कि नेतान्याहू सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् । उनी पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएका हुन् । पहिलो पटक उनी १९९६ सालदेखि १९९९ सम्म प्रधानमन्त्री रहे भने त्यसपछि २००९देखि अहिलेसम्म निरन्तर प्रधानमन्त्री बनेका थिए । ६० प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् ।

बीबीसीबाट