काठमाडौं := फिफा विश्वकप २०२२/एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ ।
समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबार स्वदेश फर्किएको हो । टोली राति ८:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गरेको हो । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेको हो । २३ खेलाडीसहित नेपाली टिम आइतबार राति स्वदेश फर्किएका हुन् ।
छनोट अन्तर्गत कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । साथै इराकसंग नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो ।
विश्वकप/एसियन कप छनोटको समूह बी नेपालले कूल ८ खेल खेल्दा दुई जितबाट ६ अंक जोडेको थियो । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पुग्न अब प्लेअफ खेल्नुपर्नेछ ।




















