युरोकप फुटबल खेल: स्टर्लिङको गोलमा इङ्ग्ल्याण्ड १-० गोल अन्तरले विजयी।

युरोकप फुटबल खेलमा इङ्ल्याण्डले विजयी सुरुवात गरेको छ। समूह डी अन्तरगत गएरातीनै भएको खेलमा इङ्ल्याण्डले क्रोएसियालाई १–० गोलले हराएको हो ।

खेलमा राहिम स्टर्लिङले खेलको ५७ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले गोलका लागि थुप्रै प्रयास गरे पनि सन् २०१८ को विश्वकपको सेमिफाइनलको नियति दोहोर्याउन सकेन ।

समूहमा चेक रिपब्लिक र स्कटल्याण्डबीचको खेल हुन बाँकी रहेको छ । इङ्ल्याण्डले अब शुक्रबार स्कटल्याण्डको सामना गर्नेछ ।