यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका।

काठमाडौं := नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेको छ।

यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सम्भवत उक्त बैठकले यो प्रस्ताव अनुमोदन गर्ने जनाइएको छ।

काग्रेसले कोरोना महामारीले क्रियाशील सदस्ता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ।

यस्तो छ अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका:

गाउँ/नगर वडा अधिवेशन: २०७८ साउन ६ गते।

गाउँ/नगरपालिका अधिवेशन: साउन ११ गते।

प्रदेश सभा क्षेत्रीय अधिवेशन: साउन १६ गते।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २० गते।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २४ गते।

प्रदेश अधिवेशन: भदौ १ र २ गते।

केन्द्रीय महाधिवशेन: भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा।