साउदी अरेबियामा हजमा जान यसपालि ६० हजार त्यहीँको तिर्थयात्रीलाई मात्रै अनुमति।

एजेन्सी:= साउदी अरेबियामा आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुदैछ्न। त्यसैले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको  छ ।

विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ ।  तर, हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् । त्यसैगरी हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ । गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरु हज जान पाउने छैनन् । यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ ।