एजेन्सी:= यस वर्षको फ्रेन्च ओपन टेनिसको पहिला तर्फको उपाधि चेक गणतन्त्रकी बार्बरा क्रेचिकोभाले जितेकी छिन् ।
फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा रुसकी अनास्तासिया पाभ्लुचेन्कोभालाई २–१ को सेटमा हराउँदै क्रेचिकोभाले उपाधि जितकी हुन् ।

बिना वरियताकी क्रेचिकोभाले अनास्तासिया विरुद्धको खेल ६–१, २–६ र ६–४ को सेटमा जितिन् । क्रेचिकोभाको यो उपाधि ग्रान्ड स्लाम सिंगल्समा पहिलो उपाधि हो ।
यसअघि उनले फ्रेन्च ओपनकै डबल्सतर्फ भने उपाधि जितेकी थिइन् । सिंगल्सतर्फ खेल्न थालेको पाँचौ प्रतियोगितामै क्रेचिकोभा उपाधि जित्न सफल भएकी हुन् ।




















