एजेन्सी := यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको छ।

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि केही समय स्थगित भएको खेल पुनः सुरु सुरु भएपछि गएरातीको पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको हो ।
युरोकपको समूह बी अन्तर्गत फिनल्याण्ड विरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै ढलेका थिए । खेलको ४३औं मिनेटमा बललाई हेड गर्न खोज्दा लडेर मैदानमै बेहोस भएपछि चिकित्सकको टोलीले मैदानमै उनलाई सिपीआर दिइएको थियो ।
हृदयघात भएको अनुमानमा चिकित्सकको टोलीले उपचार गर्दै अस्पताल पुर्याएका थिए । मैदानमै होस गुमाएपछि खेल स्थगित गरिएको थियो । तर अस्पताल पुर्याएर थप उपचारपछि उनको होस खुले लगत्तै खेल पुन सञ्चालन गरिएको थियो ।
आफ्नै घरेलु मैदानमा आफ्नो कप्तान गम्भीर घाइते हुँदा डेनमार्कले सोचेअनुसार प्रदर्शन गर्न सकेन । खेलमा ७४औं मिनेटमा पाएको पेनाल्टी समेत गोलमा परिणत गर्न नसकेपछि डेनमार्क फिनल्याण्डसँग पराजित हुन पुगेको हो ।
यता आजै बिहान सम्पन्न खेलमा बेल्जियमले रसियालाई ३-० गोलले पराजित गरेको छ । आज साँझ युरोकपका अन्य दुई खेल हुँदैछन् । जसअन्तर्गत अष्ट्रियाले नर्थ म्यासेडोनियासँग खेल्दैछ भने इङ्ल्याण्डले क्रोसियासँग प्रतिस्पर्धा गर्दैछन् ।




















