फोटोले ठूलो विवाद भएको केही दिनमै २७ वर्षकी चर्चित पोर्नस्टारको रहस्यमय मृत्यु।

एजेन्सी := तीनसय भन्दा धेरै पोर्न फिल्ममा काम गरेकी पोर्नस्टार डकोटा स्काइको रहस्यमय मृत्यु भएको छ । २७ वर्षकी डकोटाको लाश उनको घरमा भेटिएको छ । उनका पति घरमा पुगेपछि उनको मृत्यु भएको खुलासा भएको थियो । पुलिसले उनको मृत्युको विषयमा जाँच सुरु गरेको छ । डेली मिररका अनुसार यी मोडलले केही दिनअघि मात्रै जर्ज फ्लोएडको स्मृतिमा भित्तामा गरिएको पेन्टिङअगाडि टपलेस फोटो खिचाएपछि यसले ठूलो विवाद भएको थियो ।

डकोटाको अचानक मृत्यु भएपछि धेरै प्रश्नहरु उठेका छन् । लस एन्जल्सस्थित आवासमा उनको शव भेटिएको हो । डकोटाको वास्तविक नाम लरेन केय स्कट थियो । डकोटाको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । रिपोर्टका अनुसार उनी आफ्नो निजी जीवनमा तनावमा थिइन् । उनले केही दिनअघि जर्ज फ्लोएडको तस्वीरअगाडि टपलेस पोज दिएपछि सामाजिक संजालमा बबाल मच्चिएको थियो । उनलाई मारिदिनेसम्म धम्की आएको थियो थिइन् ।

मूल रुपले फ्लोरिडाको ट्याम्पा बेकी यी पोर्नस्टारले मे ४ का दिन यो विवादास्पद फोटो पोस्ट गर्दै क्याप्सनमा लेखेकी थिइन् ‘जर्ज फ्लोएड दिवसको शुभकामना । सबैसँग समानता र निष्पक्षताको अधिकार छ ।’ यो फोटो पोस्ट भएसँगै निकै विवाद भएको थियो । डकोटा २०१५ को एभिएन अवार्डमा बेस्ट न्यू स्टारलेटमा मनोनित भएकी थिइन् ।