देशभर थप ३,३८४ जनामा कोरोना संक्रमण, ६१ संक्रमितको मृत्यु।

काठमाडौं:= पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थपिएकासँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म पाँच लाख २७ हजार १११ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८६.९ प्रतिशत पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।