गण्डकी प्रदेश प्रमुखको निवास अगाडि विपक्षी सांसदको धर्ना।

पोखरा:= गण्डकी प्रदेश प्रमुखको निवास अगाडि विपक्षी गठवन्धनका सांसदहरुले धर्ना दिएका छन् । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो ।

प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणको दबाब दिन गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमै धर्नामा बसेका हुन् । अहिले विपक्षी सांसदहरु प्रदेश प्रमुख निवास बाहिर बसेका छन् भने निवास वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।