क्वालालम्पुर (मलेसिया):= बिश्वब्यापी माहामारीको रुप लिएर तिब्रगतिमा फैइलिरहेको कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट मलेसियामा मृत्यु हुने मानिसको संख्या र संक्रमित हुनेको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गैइरहेको छ ।
मलेसियामा कोरोना थप मानिसमा फैलिन नदिन मलेसिया सरकारले यहीँ जुन १ तारिखदेखि १४ तारिखसम्म लागु गरेको लकडाउन ( मोभमेन्ट कन्ट्रोल अर्डर ३.०)को अवधी थप गरेको छ।

आज शुक्रबारको दिन मलेसिया सरकारको रक्षामन्त्री दातोक श्रि इस्माईल साब्री याकोब बिनले स्थानीय सञ्चार माध्यम संगको कुराकानीको क्रममा बोल्दै भन्नुभयो,”जारी लकडाउन (एमसिओ ३.०) को अवधी यहीँ जुन १५ तारिखदेखि २८ तारिखसम्मको लागि थप गरिएको हो बताउनुभएको छ।”
रक्षामन्त्री साब्रीका अनुसार झन्डै दुई हप्ता भईसक्दा पनि अपेक्षा अनुसार बिरामिको संख्या नघटेपछि मन्त्री परिषदको बैठकले आज एक निर्णय गर्दै थप दुई हप्ताको लागि लकडाउन थप्ने निर्णय गरेको हो । मलेसिया सुरक्षा परिषदले दैनिक नयाँ बिरामिको संख्या ५ हजारभन्दा कम हुने अपेक्षा गरेता पनि अझै ६ हजार भन्दा माथी देखिन थालेपछि सो निर्णय लिनुपरेको बताउनुभएको छ।




















