आज पुनः मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री केपी ओली।

काठमाडौं:= प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नु भएको छ । थप सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लाग्नु भएको हो । थप मन्त्रालयहरुमा गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय रहेका छन् ।

गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुनु हुँदैछ भने नैनकला थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह, कृषि मन्त्री, नारदमुनी राना, वनमन्त्री, मोहन बाँनिया, विना विभागीय, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुनु हुने भएको हो । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आजै हुने सम्भावना छ ।

यो भन्दा पहिला प्रधानमन्त्री ओलीले गत वैशाख २१ गतेको दिन जसपाका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।