नेमार चम्किदा ब्राजिल विजयी।

एजेन्सी := नेमारले एक गोल र अर्काे गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेलाई २–० गोलअन्तरले पराजित पारेको छ । ब्राजिलको जितमा नेमार र सब्सिच्युट लुकास पाक्वेटाले गोल गर्नुभयो ।

खेलको चौथो मिनेटमै नेमारले गाब्रियल जेससको पासमा गोल गर्नुभएको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिलाई २–० को जित दिलाउनुभयो । नेयमारको यो ब्राजिलका लागि ६६औं गोल हो । उनले ब्राजिलबाट १०५ क्याप जितेका छन् । उनी लिजेन्ड पेलेभन्दा मात्रै पछि छ । पेलेको नाममा ७७ अन्तर्राष्ट्रिय गोल रहेको छ ।

दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले शतप्रतिशत जितको सिलसिला कायम राख्दै छैटौं जित दर्ता गरेको हो । ब्राजिलले यसअघि बोलिभिया, पेरू, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई हराएको थियो । कोलम्विया र अर्जेन्टिनासँगको खेल कोरोनाका कारण प्रभावित बनेको छ ।

जितपछि ब्राजिलको ६ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको समान खेलबाटै १२ अंक छ । पराजित पाराग्वे सात अंक जोडेर छैटौं स्थानमा छ । अर्काे खेलमा भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेल्दा पेरुले इक्वेडरलाई २–१ ले पराजित गरेको छ । यो नजितापछि उरुग्वे आठ अंक जोडेर चौथो तथा भेनेजुएला चार अंक जोडेर नवौं स्थानमा छ । इक्वेडर नौ अंक जोडेर तेस्रो स्थानमा रहँदा पेरू चार अंक जोडेर पुछारमा छ ।