लाेहराैला गाउँका किसानलाई कृषि सामाग्री वितरण।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= लुम्बिनी प्रदेश सरकारको छनोटमा परेको स्मार्ट कृषि गाउँ लोहरौलाका कृषकलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृष्णनगर नगरपालिका-८ मा रहेको लाेहरौला गाँउका ५५ जना कृषकलाई बुधबार सामाग्री वितरण गरिएकाे बताइएको छ ।

२७ वटा पम्पसेट सहित डिलउरी र सेक्सन पाइप, २ वटा पानी तान्ने मोटर, ५५ चर्जरस्प्रे टंकि र ६ वटा कलटीवेटर वितरण गरिएको लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक ठिकराम चौधरीले जानकारी दिए ।

खाद्यान्न उत्पादनमा वृद्धि, कृषि पेशामा प्राेत्सहन गर्ने उद्देश्यले कृषकलाई सामाग्री वितरण गरिएकाे चौधरीले बताए । कृषि सामाग्रीमा ८० प्रतिशत सरकारको र २० प्रतिशत किसानको लगानी रहेको उनले जनाए ।

उक्त गाउँमा केहि दिन अघि कृषि सम्बन्धि जलवायु स्मार्ट, सिँचाई स्मार्ट, खाद्य पोषण स्मार्ट, प्रविधि स्मार्ट तथा बजार स्मार्ट कार्यक्रम लागु हुने गरि उद्घघाटन गरिएको थियो । कार्यक्रम उद्घाटन भए लग्त्तै कृषि सामाग्री पाएपछि आम किसान हर्षित भएकाे एक स्थानीयले बताए ।