क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुर नजिकैको जालान पिनाङमा अवस्थित एक लक्जुवरी होटलमा भब्य पार्टी आयोजना गर्नेहरुलाई प्रहरीद्वारा पक्राउ गरिएको छ।
कोरोना माहामारीकै बिचमा मलेसिया सरकारले जारी गरेको एसओपीको उलंघन गरेर हिजो आईतवारको राती होटलमा पार्टी आयोजना गर्ने र पार्टीमा संलग्न चार जना सरकारी कर्मचारी सहित ३२ जना मानिसहरुलाई मलेसियन प्रहरीले एक विशेष सुचनाको आधारमा छापामारी गरि पक्राउ गरिएको स्थानीय पत्रीका बेरनामामा समाचार प्रकाशित छ।
दाङ्ग्वाङ्गी जिल्ला प्रहरी प्रमुख मोहम्मद जैनाल अब्दुल्लाहले बताए अनुसार अहिलेको कोरोना माहामारीको बिचमा सरकारले बर्थ-डे पार्टी , विवाह , ब्रतबन्ध लगायतको धेरै भिडभाड हुने सबै किसिमको पार्टी,भोजभतेर आयोजना गर्न मनाही गरेको छ।
तर हिजो त्यस् होटलमा दुई वटा रुम भाडामा लिएर ३२ जना मानिसहरु एकैठाउँमा जम्मा भैई जसमध्ये
८ जना विदेशी पुरुष नागरिक पनि रहेको र अन्य १८ जना महिला गरि स्थानीय २० जना जसमध्ये केहि सरकारी कर्मचारी, नागरिकहरु समेत भब्य पार्टी आयोजना गरि अनावश्यक भिड जम्मा गरेका थिए , जुन कि अहिले मलेसियामा जारी ३.० एमसिओ (लकडाउन) अन्तर्गतको एसओपीको विरुद्ध हो, त्यसैले यस् पार्टीमा संलग्न भैइ ग्यादरिङ्ग गरेर पार्टी आयोजना गरेको आरोपमा बिहान ०२:०० बजेको समयमा होटलमा चेकजाँच गरि पक्राउ ती सबैलाई गरिएको बताएका छ्न।
प्रहरी प्रमुख अब्दुल्लाहका अनुसार त्यस् पार्टीमा संलग्न सरकारी कर्मचारी र विदेशी नागरिकहरु माथी अनुसन्धान अगाडि बढाइएको र स्थानीय २० जना नागरिकहरुलाई कोरोना सम्बन्धि एसओपी उलंघन गरे बापत्तको मलेसियन रिंगेट आरएम २ हजार जरिवाना तिराउन लगाइएको बताएको छ।#Bernama




















