ब्राजिलको जितमा नेमारको गोल।

एजेन्सी := नेयमारले एक गोल गर्नुका साथै एक गोलमा सहायकको भूमिका खेलेपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार पाँचौं जित हात पारेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको हो ।

यसअघि छनोटमा ब्राजिलले बोलिभिया, पेरु, भेनेजुएला र उरुग्वेलाई पराजित गरेको थियो । नेमारसँगै ब्राजिलका लागि अर्काे एक गोल रिचार्लीसनको नाममा रहृयो । ६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले गोल गर्दै ब्राजिललाई १–०को अग्रता दिलाउनुभयो । इन्जुरी समयमा नेमारले पेनाल्टीमार्फ गोल गर्दै ब्राजिललाई २–० को जित दिलाउनुभयो ।

जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको पाँच खेलबाट १५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ अंक छ । पराजित इक्वेडर नौ अंक जोडेर तेस्रो स्थानमा छ ।