चलचित्र प्राविधिकलाई निकिताको सहयोग।

काठमाडौं := चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेलले निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई खाद्यान्न सहयोग गर्नुभएको छ । बिहीबार निकिताले आफ्नै सक्रियतामा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो।

खाद्यान्न वितरणपछि पौडेलले प्राविधिकलाई सबैले सकेको सहयोग गर्न आग्रहसमेत गर्नुभयो । निकिताले प्राविधिकका लागि राहत दिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ ।

उहाँले निकिताले १८ प्राविधिकलाई सहयोग गरेको धन्यवाद दिनुभएको छ । केही दिनअगाडि अभिनेत्री करिश्मा मानन्धर, कलाकार तथा क्याप्टेन विजय लामा, अभिनेत्री सुमिना घिमिरेले पनि प्राविधिकलाई खाद्यान्न सहयोग गर्नुभएको थियो ।