वैदेशिक रोजगार बिभागको श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने।

काठमाडौं := कोरोना सङ्क्रमण रोकथामका लागि वैदेशिक रोजगार बिभाग श्रम कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द गरिएको थियो।

तर अब पुनः वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलको कार्यालय अब प्रत्येक बुधबार खुल्ने भएको छ।बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ।

अहिले सरकारले तीन देशमा हप्तामा एक पटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ।

कार्यालय बन्द रहेको समयमा पनि पाँच हजारभन्दा धेरैले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिएका छन् । एक पटक बायोमेट्रिक भएकाले मात्र अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन मिल्छ।