काठमाडौं := हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको तर करिब दुई हप्तासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट पुनः सुरु हुने भएको छ ।
शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन लागेको जानकारी दिए । दुई साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।
यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो । कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।




















