[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ५ लाख ९५ हजार ३७४ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ३,०९६ जना पुगेको छ।
यहीँ मिति सन् २०२१ , जुन , ३ तारिख , बिहीवारको दिन कोरोनाको कारण थप १०३ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ३,०९६ जना पुगेको हो।
आज मात्रै पुनः ८,२०९ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ७,०४९ जना निको भएसंगै जम्मा ५ लाख ८ हजार ९४७ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

कोरोना संक्रमणलाई थप फैलिन नदिन र संक्रमणलाई नियन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा आगामी महिना जुन १ तारिखदेखि १४ तारिखसम्मको लागि कडाइका साथ पुरै देशव्यापीनै एमसिओ ३.० (लकडाउन) जारी,लागू गरेको छ।
साथै कोरोना संक्रमितको सङ्ख्या उच्च रहेको नेपालसंगै विभिन्न २५ वटा अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिक,मानिसहरुलाई मलेसिया प्रवेशमा पुर्ण रुपमा प्रतिबन्ध, रोक लगाएको छ।




















