एक पाकिस्तानी माझी जसको भाग्य बदलिदियो एउटै माछाले!

एजेन्सी := पाकिस्तानको बलुचिस्तान स्थित ग्वादरमा माछा मारेर जीवीकोपार्जन गर्ने एक साधारण माझीको भाग्य बदलिएको छ एउटै माछाको कारण ।

उनी रातारात लखपति हुन सफल भए । उनले माछा मार्ने क्रममा ४८ केजीको एक दुर्लभ माछा फेला पारे जसले उनलाई रातारात लखपति बनाईदियो । सो अनौठो माछालाई ती माझीले ७३ लाख पाकिस्तानी रुपैयामा विक्री गरेका छन् ।

डुंगाका मालिक अबाबकरले यो माछाको पाकिस्तानी मुल्य ८४ लाख भन्दा बढीमा लिलामी भएको तर छुट दिने परम्पराका कराण ७२ लाख मात्र हात परेको बताए ।
बडी क्रोकर यो माछा युरोप र चीनमा उच्च मुल्यमा बिक्री हुने गर्दछ ।