सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।
बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले संविधान संसोधनका लागि एमाले र जसपाका नेताहरुलाई राखेर कार्यदल बनाएपछि जसपाको ठाकुर महतो समूह सरकारमा जान राजी भएको हो। सरकारमा नगएर बाहिरै बसेर सहयोग गर्नेबारेमा पनि छलफल भए पनि ओलीले सरकारमै सहभागि गराउन पहल गरेपछि जसपा सरकरमा जान राजी भएको छ।
राष्ट्रिय सरकारका लागि ओलीले आह्वान गरेकाले जसपासँगै अरु दलसँग पनि छलफल भइरहेको एमलेका स्थायी कमिटी सदस्य तथा ओली निकट नेता सुवास नेम्वाङले जानकारी दिए। ‘प्रधानमन्त्रीले राष्ट्रिय सरकरका लागि आह्वान गरिसकेपछि सबै दलसँग छलफल भइरहेको छ,’ उनले भने।




















