कांग्रेसको प्रवास शाखा नेपाली जनसम्पर्क समिती मलेसियाको अधिवेशन आईतवार हुने।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):=नेपाली कांग्रेसको प्रवास,विदेश शाखा नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय ऐतिहासिक अधिवेशन यहीँ मिति सन् २०२१/मे ३० तारिख आईतवारको दिनमा आयोजना हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रको १४ औं महाधिवेशन नजिकिदैँ गैइरहेकोले केन्द्रिय कार्यालयले मलेसियालाई पठाएको पत्र अनुसार अहिले विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्य नजरगर्दै अनलाइन भर्चुअल जुम मिटिङको माध्यमबाट नेपाली जनसम्पर्क समिति मलेसियाले आफ्नो अधिवेशन आयोजना,सम्पन्न गर्न लागेको जनसम्पर्क समितीले जनाएको छ।

अधिवेशन समितिले हरि प्रसाद भुसालको संयोजकमा ४ सदस्य निर्वाचन आयोग समिति गठन समेत गरेको छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ता र दावी फिर्ता अनि उम्मेदवारीको योग्यताका आधारहरुलाई मध्यनजर गर्दै उम्मेदवारी दिन र फिर्ता गर्न शुक्रबारको दिन मलेसियाको समय ०१:०० बजेसम्म समय निर्धारण गरेको थियो।

समितिको ५०२ जना क्रियाशील सदस्य नेपाली कांग्रेस केन्द्रबाट स्वीकृत भएको हुँदा १४ औं अधिवेशनमा ७ जनाले भाग लिन पाउने भएकोले ३ जना महासमिति सदस्य र ४ जना महाधिवेशन प्रतिनिधि चुनिने निर्वाचन आयोगले जनाएको छ। कांग्रेसको १४ औं महाअधिवेशनमा भाग लिन इच्छुक उम्मेदवारहरुको लागी भने २९ तारिख बिहान १० बजे भित्र उमेदवारी दिन खुला गरिएको थियो।

नेपाली कांग्रेसका उपसभापति एवं पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा र नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव पुर्व उपप्रधानमन्त्री सुजता कोईरालाको विशिष्ट अतिथ्यता लगायत अन्य केन्द्रिय स्तरको र अन्तर्राष्ट्रिय स्तरको अग्रज नेताहरूको अतिथ्यतामा सो अधिवेशन कार्यक्रम आईतवार भर्चुअल अनलाईन माध्यम मार्फत सम्पन्न हुने भएको छ।