गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिद्वारा ४ सय ३० जना कैदीबन्दीको कैद मिनाहा।

काठमाडौं := राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरि दिनुभएको छ ।

नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन २०७४ काे दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतकाे आधारमा चार सय ३० जनाकाे बाँकी कैद कट्टा गरी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो।