[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ५ लाख ४१ हजार २२४ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २,४९१ जना पुगेको छ।
यहीँ मिति सन् २०२१ , मेय , २७ तारिख , बिहिवारको दिन कोरोनाको कारण थप ५९ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या २,४९१ जना पुगेको हो।
आज मात्रै पुनः ७,८५७ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ४,५९८ जना निको भएसंगै जम्मा ४ लाख ६९ हजार ३२५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

कोरोना संक्रमणलाई थप फैलिन नदिन र संक्रमणलाई नियन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा आगामी महिना जुन ७ तारिखसम्म आवागमन नियन्त्रण आदेश (एमसिओ) कडाईका साथ जारी,लागू गर्नुको साथै कोरोना संक्रमितको सङ्ख्या उच्च रहेको विभिन्न अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिकहरुलाई मलेसिया प्रवेशमा प्रतिबन्ध, रोक लगाएको छ।




















