रौतहट := बिगत एक दशक देखि पत्रकारिता क्षेत्र,पेशामा आवद्ध कोरोना संक्रमणको कारण ज्यान गुमाएका रौतहट जिल्ला निवासी स्वर्गीय पत्रकार मनोज चौधरीको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले रेडियो मधेस मसालाका स्टेसन म्यानेजर समेत रहेका स्व.पत्रकार मनोज चौधरीको सम्झना स्वरुप २५ हजार राशीको स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झाले बताउनुभयो।

स्थापना हुने स्मृती पुरस्कार स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने रौतहटका पत्रकारहरु मध्ये एक जना उत्कृष्ट पत्रकारलाई हरेक वर्ष वैशाख २९ गते सो पुरस्कार प्रदान गर्ने महासंघका सचिव मदन ठाकुरले जानकारी दिनुभयो।
कोरोना संक्रमित चौधरीको उपचारकै क्रममा निधन भएकाले स्वास्थ्य सेवाको प्रभावकारिता र गुणस्तर बृद्धिका लागि रौतहटका सञ्चारकर्मीहरुले समाचारको माध्यामले स्वास्थ्य क्षेत्रमा सुधारका लागि आवाज उठाउन भन्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरेको अध्यक्ष झाको भनाइ रहेको छ ।

अध्यक्ष झा का अनुसार जिल्लाका बिभिन्न क्षेत्रमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुको सेवा प्रभावकारी नभएका कारण त्यसको सुधारका निम्ति सक्रिय रुपमा कलम चलाउने एक जना पत्रकारलाई उक्त स्मृती पुरस्कारबाट सम्मानित गर्ने बताएका छन् ।




















