[ सुरेन्द्र महतो ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु भएका स्वर्गीय रुपेश यादबका परिवार लाई हेल्प मधेशी संस्था मलेसियाद्वारा नगद नेपाली रु. २५,००० हजार आर्थिक सहयोग प्रदान गरिएको छ।
साबिक जिल्ला महोत्तरी गाविस बगडा वडा नं २ हाल लोहारपट्टी नगरपालिका वडा नं १ मा बस्ने राज नन्दन यादव को नाती देबेन्द्र यादव को छोरा वर्ष २३ को रुपेश कुमार यादब बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएको र मिति २०७८ बैशाख १० गते (अप्रिल /२३ /२०२१ ) शुक्रबार को दिन मलेसियामै असमायिक मृत्यु भएको र उक्त मृतक परिवारको आर्थिक अवस्था एकदमै कमजोर, दयनिय रहेको हुनाले उहाँको परिवार लाई आर्थिक सहयोग को लागि रमेश कुमार यादब ले दिइएको निवेदनद्वारा हेल्प मधेशी संस्था मलेसियामा अपिल गरिएको थियो।

उहाँ को अपिल स्विकार्दै हेल्प मधेशी संस्था मलेसिया परिवार द्वारा नगद नेपाली रुपैयाँ रु.२५,००० (पचिस हजार मात्र) सहयोग गरिएकाे हो । हाल नेपालमा नेपाल सरकार द्वारा लगाइएको निषेधाज्ञाका कारण हेल्प मधेशी संस्थाका पदाअधिकारीहरु पिडित को घरमा जान नसकेकोले उक्त सहयोग राशि स्वर्गीय रुपेश यादबको बुवा देबेन्द्र यादवको बैंक खातामा (Bank Account) मा डिपोजिट गरि पठाएको छ।
पिडित परिवारले हेल्प मधेशी संस्था मलेशिया सम्पुर्ण परिवार र सहयोगी मन हरू लाई हृदय बाट धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यतिमात्रै नभइ त्याहाँ का सम्पुर्ण नगरबासीहरुले हेल्प मधेशी संस्था टप समाजिक संस्था हो भन्दै गुनगान गर्नु भएको छ।
सेबा नै धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गरिदैआइरहेका र देश तथा बिदेशमा अशाय निसाय, बिपन्न परिवाररहरु , दलित , बिरामी जस्ता र बिदेशमा पनि समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदैआईरहेका संस्था हेल्प मधेसी मलेसिया रहेकोे छ। समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो संस्था प्रमुख भुमिका समाज कल्याण को हित कार्य गर्दै आएको कुरा हेल्प मधेसी मलेसियाको अध्यक्ष दिपक मण्डल ले बताउनु भयो।




















