गीता र बालकृष्णको ‘चञ्चले मन’ ( भिडियो सहित )

काठमाडौं := लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएका गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपाने र भ्वाइस अफ नेपाललबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वरमा नयाँ गीत ‘चञ्चले मन’ सार्वजनिक गरिएको छ ।

गीतमा शब्द र संगीत बालकृष्णकै रहेको छ भने विष्णु अधिकारीको एरेन्ज रहेको छ । गीतको सार्वजनिक भिडियो काठमाडौं उपत्यका आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको बताइएको छ । प्रेम रोमान्सले भरिएको गीतको भिडियोको निर्देशन सिर्जन बरालले गर्नुभएको हो ।

जहाँ सुन्दरी पुजन घिमिरेसँग पुष्कर दाहालको गज्जबको लुकामारीलाई रोमान्टिक शैलीमा देखाइएको छ । प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो दीपक गिरीले खिच्नुभएको हो भने सम्पादन अमृत चापागाईंको रहेको छ ।

बिके कृयशनबाट बजारमा आएको गीतको भिडियोको निर्माण दूर्गा धिमाल न्यौपानेले गर्नुभएको हो । गायक तथा गीतकार न्यौपानेका यसअघि ‘सोल्टिनी’ ‘बहार बनी तिमी आयौ’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

परिवार सहित अमेरिकामा बस्दै आउनु भएका न्यौपानेको हरेक वर्ष दुई वा तीन वटा गीतको भिडियो बजारमा आइरहेका हुन्छन्।