काठमाडौं := जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका सन्दर्भमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । आफैलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका बेला पनि नेता ठाकुरले आफुलाई अतिरिक्त लाभको आकांक्षा नरहेको टिप्पणीसमेत गर्नुभएको छ ।
पार्टीभित्र अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई प्रधानमन्त्री बनाएर जानुपर्ने बताउनुभएको छ भने कांग्रेसमा पनि यही मत बढेको छ । तर ठाकुर भने विपक्षी गठबन्धनको बैठकमा नजाने तर प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्ने देखिनुभएको हो ।ठाकुरको यो भूमिकाले प्रतिनिधिसभा फेरि विघटन गर्ने र मध्यावधि चुनावमा जाने प्रधानमन्त्रीसमेतको रणनीतिलाई सघाउने देखिएको छ ।
‘सरकार संविधान संशोधन र नागरिकतासम्बन्धी अध्यादेश ल्याउन तयार भएको छ । हाम्रा साथीहरूलाई रिहा गर्न पनि तयार छ । अहिले जसपा पदका लागि भन्दा पनि आफ्ना माग सम्बोधन गर्ने सवालमा केन्द्रित हुन्छ,’ महतोले भन्नुभयो ।
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता ओलीले संसदबाट विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिएका समयमा राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका आज साँझ ५ बजेसम्मको समय दिादै आह्वान गर्नुभएको छ ।
यस्तो सरकार बनाउनेबारे विपक्षी दलहरुको दौडधूप चलिरहेका बेला ठाकुर पक्षीय जसपाले भने सिंहदरबारमा आफ्ना सांसदहरुलाई बोलाएर तटस्थ बस्ने निर्णय गरेको हो ।प्रधानमन्त्री ओलीले आफूहरुको माग सम्बोधन गरिररहेकाले विपक्षमा जान नसक्ने ठाकुरको भनाइ छ ।




















