प्रधानमन्त्रीले नै आचारसंहिता उल्लंघन गरेपछि आयोगको ध्यानाकर्षण, कारबाहीको चेतावनी।

काठमाडौं:= निर्वाचन आयोगले बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा उपनिर्वाचन लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै अपील र आफ्ना पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

आयोगले विज्ञप्ति निकालेरै यसबारेमा प्रष्ट्याउँदै भनेको छ, ‘यस अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार–प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, उमेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लेखित आचरणहरु पालना गर्न÷गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ ।’

बिहीबार हुने उपनिर्वाचनमा विपक्षी गठबन्धनले भने एमाले पृष्ठभूमिकै संघीयता विज्ञ डा. खिमलाल देवकोटालाई उमेदवार बनाएको छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल–नेपाल समूहले उम्मेदवार बनाएको हो ।

तर, अहिले एमालेमा ओली र नेपालबीचको विवाद मिलाउने भन्दै पहल भइरहेका समयमा खनाल–नेपाल पक्षले देवकोटालाई मत देलान् भन्ने आशंकाका साथ प्रधानमन्त्री ओलीले चेतावनीपूर्वक मत माग्नुभएको हो ।

हेर्नुहोस आयोगले जारी गरेको विज्ञप्ती :